जनता बैंक नेपालद्वारा स्वास्थ्य शिविर सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंक नेपालद्वारा स्वास्थ्य शिविर सञ्चालन



काठमाडाै । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनता बैंक नेपालले अर्घाखाँचीको पाणिनी गाउँपालिका, दुर्गाफाँटमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

उक्त स्वास्थ्य शिविरको उद्घाटन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गर्नुभएको थियो । बैंकका संचालक लंकबहादुर केसीको सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रायमाझीले ग्रामीण भेगका जनताको स्वास्थ्यमा जनता बैंकले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँच गरिएको थियो । करिब ३०० जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्य जाँच गराएको उक्त शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

प्रकाशित : १० असार २०७५, आईतवार १५:५६