नाकाबन्दी र तराईको आन्दोलनका कारण उद्योग क्षेत्रमा गम्भिर असर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

नाकाबन्दी र तराईको आन्दोलनका कारण उद्योग क्षेत्रमा गम्भिर असर



काठमाडौं । भारतको अघोषित नाकाबन्दी र तराईको आन्दोलनका कारण उद्योग क्षेत्रमा गम्भिर असर परेको छ । अर्थतन्त्रका प्रमुख हिस्सेदार कृषि, उद्योग र सेवा क्षेत्रमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रको आर्थिक वृद्धिदरमा असर पर्ने नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले दुई ओटा आधार बनाई आर्थिक अवस्थाको पूर्वानुमान गरेको छ । जसअनुसार पहिलो अनुमानअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिना अहिलेकै जस्तो अवस्था (नाकाबन्दी र आन्दोलन) रहे उद्योगको वृद्धिदर १ प्रतिशतमा सीमित रहने र हालको अवस्थामा सुधार आएमा र ६ महिना पछि विकास निर्माणका कार्यक्रमले तीव्रता पाउने अवस्था रहे ० दशमलव ५ प्रतिशतले ऋणात्मक हुने उल्लेख गरेको छ ।

केन्द्रिय बैंकको विश्लेषण अनुसार औद्योगिक क्षेत्रको वृद्धिदरमा ह्रास आउनुको प्रमुख आधारमा तराईका मुख्य औद्योगिक करिडोर क्षेत्रका उद्योगहरू बन्द रहनु, अन्य क्षेत्रका उद्योगको क्षमता उपयोगमा २० प्रतिशतभन्दा कम हुनु रहेका छन् जस्ता कारण रहेका छन् । यसका अलावा वृद्धिदरमा कमी आउनुका पछाडि ठूला जलविद्युत, सडक निर्माण तथा मर्मत सम्भारलगायत सरकारका विकास निर्माणकार्य ठप्प रहनु र चालू आर्थिक वर्षमा थप विद्युत् उत्पादन हुन नसक्ने अवस्थालाई पनि लिइएको छ ।

प्रकाशित : २१ मंसिर २०७२, सोमबार १६:५७