अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत



काठमाडौं। अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन्। । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो ।

सेलिब्रेटी बैंकर भनेर चिनिने शाह यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी सम्हाल्दै आएका थिए । नेपाल राष्ट्र बैंकले तोकेको ६ महिनाको कुलिङ पिरिएड सकिएसँगै बैंकको बोर्ड बैठकले शाहलाई डेपुटी सीईओबाट सीईओमा बढुवा गरेको हो ।

मेगा बैंक नेपालको स्थापनादेखि लगातार २ कार्यकाल काम गरेका शाह बाफियाको बाध्यकारी व्यवस्थाका कारण ६ महिना अघि मेगा बैंक छाड्न बाध्य भएका थिए ।

इजाजत पत्र प्राप्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धमा देखिएका अस्वस्थ अभ्यासलाई रोक्न र संस्थागत सुशासन कायम गर्न भन्दै राष्ट्र बैंकले कुनै बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत भएपछि कम्तिमा ६ महिना अवधि पुरा गरेपछि मात्र अर्को बैंकमा जानुपर्ने निर्देशन जारी गरेको थियो ।

राष्ट्र बैंकले ६ महिनासम्म अन्त जान नमिल्ने गरी निर्देशन जारी गरेपछि नबिल बैंकले शाहलाई चोरबाटोको रुपमा डेपुटी सीईओ बनाएर लगेको थियो

प्रकाशित : ८ असार २०७५, शुक्रबार १२:१५