मलेसियामा कामदार नपठाउने सरकार अडानसंगै अन्य मुलुकको पनि रोजगारी गुम्ने खतरा ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

मलेसियामा कामदार नपठाउने सरकार अडानसंगै अन्य मुलुकको पनि रोजगारी गुम्ने खतरा !



डिल्ली सापकोटा

काठमाडाै । सरकारले श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने अडानसंगै अन्य देशकाे श्रम बजारमा पनि समस्या आउन सक्ने वैदेशिक रोजगार व्यवसायीले बताएका छन् ।

नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य भएका मुलुक बराइन, साउदी, कतार, दुबइ लगाएतका देशहरुको रोजगारी धरापमा पर्ने अवस्था अाउन सक्ने व्यवसायीहरु दाबी छ ।

“सरकारले सिन्डिकेट हटाउने नाममा मलेसियासंग एक तर्फि निर्णय लिएको छ”- वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष कुमुद खनालले भने यसले मलेसियासँग मात्रै अन्य देशसंग पनि कामदार पठाउन समस्या हुने देखिन्छ ।

‘बहराइन, साउदी लगायतका देशहरुमा पनि सिन्डिकेट कायमै छ’ – खनालले भने मेलेसियासंग गरेको गतिवधी अन्यमुलुकले पनि निहालेका छन, तर सरकारले ध्यान नदिदा समस्या बढ्ने देखिन्छ । अन्य देशले कामदार लैजान बन्द नगरे पनि विभिन्न वहानामा कामदारलाई दुःख दिने काम हुने र नेपाली कामदारप्रतिको सरकार र रोजगारदाता कम्पनीबीचको धारणा परिवर्तन भए समस्या नेपालले भोग्नु पर्ने उनको बुझाइछ ।

मलेसियामा जाने पुराना कामदारलाई रोक नलगाएको र नयाँ जाने कामदारलाई मात्रै रोक लगाएको बैदेशिक रोजगार विभागका निर्देशक उद्धव रिजालले जानकारी दिए । रोजगारीको २५ प्रतिशत हिस्सा अोगटेको मलेसियाको तथ्यांकलाई हेर्दा तत्काल संख्या घटेको देखिदैन- रिजालले भने बिस्तारै यसको नतिजा अाउछ । सरकारले कुटनितिक रुपमा पहल गरिरहेको र अाफुहरु पनि त्यसको परिणाम कुरेर बसेको रिजालले जानकारी दिए । मलेसियामा कामदार जान तत्काल रोकिए पनि अन्य देशमा जानेको संख्या बिस्तारै बढ्दै गएको बैदेशिक रोजगार विभागको भनाई छ ।

बैदेशिक रोजगार व्यवसायीसंघका अध्यक्ष रोहन गुरुङ केही समय व्यवसायी र कामदारका लागि समस्या देखिए पनि दिर्घकालिन रुपमा समस्याको समाधान हुने बताउछन् ।

सरकारले श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने अडानमा छ। पटक- पटक छलफल भएर पनि टुंगोमा पुग्न नसकेको मलेसियासँगको श्रम सम्झौतामा अब हस्ताक्षर नभएसम्म कामदार नपठाउने योजना सरकारको छ । तर अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकाका हकमा भने विशेष निर्णय गर्ने योजना बनाइएको छ ।

मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न (पूर्वस्वीकृति) समेत रोक लगाएको मन्त्रालयको भनाइ छ । सरकारले यो बाध्यकारी नीति त्यत्तिकै लिएको होइन, मन्त्रालयका एक अधिकारीले भने मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले रकम असुल्न थाल्यो यस माथी एक्सन लिइएको हो ।

नेपाल राष्ट बै‌कले हालै प्रकाशित गरेको एक तथ्यांक अनुसार चालु आवको साउनदेखि बैशाखसम्मको अवधिमा ३ लाख १५ हजार युवाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ३४ हजारले अन्तिम श्रम स्वीकृति लिएका थिए।

संख्यात्मक रुपमा यस अवधिमा मलेसिया जाने नेपाली कामदारको संख्या सबैभन्दा उच्च छ। कामका लागि कुल बाहिरिएकामध्ये मलेसियामा ३१ प्रतिशत, कतारमा २८ प्रतिशत, दुबइमा १५ प्रतिशत गएका छन्। गत आवको यस अवधिमा कतार जानेको संख्या सबैभन्दा धेरै थियो।

प्रकाशित : ८ असार २०७५, शुक्रबार ०८:२५