ब्याजदरको भद्र सहमति पछि नेप्सेमा समान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ब्याजदरको भद्र सहमति पछि नेप्सेमा समान्य सुधार



काठमाडाै । बिहिबार नेप्से शुन्य दशमलव ६२ अंकले बढेर १ हजार २ सय १८ दशमलव ४६ को बिन्दुमा पुगेर बन्द भएको छ । बचत तथा मुद्धतिमा व्याजदर नबढाउने नेपाल बैंकर्स संघको पुरानै निर्णयसंगै पुँजी बजारले लय लिन थालेको हो ।

बुधबार १ सय ६३ कम्पनीहरुका ६ लाख २३ हजार २ सय ११ कित्ताको शेयर खरिदबिक्री भई १९ करोड ६६ लाख १४ हजार १ सय ५२ रुपैयाँ कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबारमा गिरावट आएको छ ।

यस दिन सर्वा्धिक कमाउनेमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य शेयर ७ दशमलव ०५ प्रतिशतले बढेको छ ।

त्यस्तै यस दिन सर्वा्धिक गुमाउनेमा भने नेपाल हाइड्रो डेभलपमेन्टको लगानीकर्ता रहेका छन् । जसको कारोबारमा ९ दशमलव ८७ प्रतिशतले घटेको छ ।
साताको अन्तिम दिन १० वटा उपपरिसूचकमध्ये ५ वटा समूह बढेका छन् भने ५ वटा समुह घटेका छन् ।

प्रकाशित : ७ असार २०७५, बिहीबार १५:२७