असार १५ गतेदेखि नेपाल बैंक एफपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

असार १५ गतेदेखि नेपाल बैंक एफपिओ निष्काशन गर्ने



काठमाडाै । नेपाल बैंक लिमिटेडले असार १५ गतेदेखि एफपिओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई गत शुक्रबार एफपिओ निष्काशनको अनुमति दिएको थियो ।

बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको थियो । अब बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले छिटोमा असार १९ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १३ गतेसम्म आवेदन गर्न सक्ने छन् ।

लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन बाट वा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

प्रकाशित : ७ असार २०७५, बिहीबार १२:१६