स्टक मार्केटमा पहिलो पटक लगानी गर्दै हुनुहुन्छ ? यी कुरालाई ध्यानमा राख्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

स्टक मार्केटमा पहिलो पटक लगानी गर्दै हुनुहुन्छ ? यी कुरालाई ध्यानमा राख्नुस्



अाफ्नो बचतलाई लगानीमा नलगाउनुस् 

स्टक मार्केट जोखिमको क्षेत्र हो । जहाँ तपाईले लगाउनु भएको पैसा कति पटक डुब्न पनि सक्छ । स्टक मार्केटमा लगानी यो बेला गर्नुस् जुन तपाईले बचतमा राख्ने पैसा भन्दा अरु पैसा पनि होस् । त्यो लगानी गरेको रकम घटबढ हुँदा नोक्सानीमा नपरोस ।

समय समयमा लगानी

शेयर मार्केटमा मुल्यको उतार चढाब हुनु नाैलो कुरो होइन । यही उतार चढावका कारण धेरै मान्छेको पैसा डुबेको हुन्छ ।  यस्तो अवस्थामा पैसा लगानु भनेको नोक्सानमा पर्नु नै हो ।  यसका लागि तपाईले समय हेरेर योजना बनाएर जोखिम नभएको समयमा किनबेच गर्न सक्नु हुन्छ । लगानी गर्दा तपाईले अाफै योजना बनाएर समय अनुसार लगानी गर्नुस यसमा तपाईले बजारको अवस्था र शेयर रहेको कम्पनीको अवस्थालाई बेला बेलामा ध्यान दिएर लगानी गरे हुन्छ ।

जोखिममा ख्याल राख्नुस् 

तपाईले बजारमा देखिएको उतार चढाव नियन्त्रण गर्न सक्नु हुन्न । तर निश्चिच समय सम्म पैसाको लेनदेन गर्न सक्नु हुन्छ ।  तपाईसंग राम्रो व्यापार नीति छ भने जे पनि गर्न सक्नु हुन्छ ।  तपाईले लगानीगरेको धनलाई म्यानेट गर्नको लागि मुख्य अस्त्र भनेको ‘द स्‍टॉप लॉस टूल’ नै हो ।

धेरै कम्पनीमा लगानी लगाउनुस

तपाईसंग भएको पैसा एकै कम्पनीमा मात्रै लगानी नलगाउनुस् ।  एउटै कम्पनीमा लगानी लगाउदा तपाईको लगानी डुब्न सक्छ त्यसैले दुइ वा सो भन्दा बढी कम्पनीको शेयरमा लगानी गरे एकले अर्काको शेयर किनबेच गरेर तपाईले लगानी बचाउन सक्नु हुन्छ । तर एकमात्र कम्पनीमा भएको लगानी डुब्छ या उठ्छ भन्न सकिन्न ।

स्टक एक कम्पनी हो 

पहिलो पटक स्टकमा लगानीगर्नेहरुले कम्पनीको बारेमा राम्रो संग जान्न अावश्यक छ ।  कम्पनीको ब्यालेनसिट र कम्पनीका विभिन्न नतिजाहरुदाई ध्यान दिनुस ।  साना र मझ्याैला कम्पनीहरु ठूला कम्पनीको तुलनामा शेषर राम्रो अवस्थामा हुन्छन । तर  बजार कम्जोर हालतमा भए ठुला कम्पनी तर्फ तपाइले ध्यान दिइहाल्नुस् । किनकि बजारमा पहिरो जादा ठुलाको अवस्थाले पनि अागामी बजारको निर्धारण गर्ने संभावना बढी हुन्छ ।

नोटः माथिका बिषयहरु जानकारीका लागि मात्रै हुन । यसमा अाएका कुरालाई मात्रै केन्द्रित गरेर भन्दा पनि लगानीकर्ताले विवेक पुर्याए लगानी गर्ने हो । 

प्रकाशित : ६ असार २०७५, बुधबार १३:२०