काठमाडौं । ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् । लकिङ प्रणालीको विरोध उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् ।
ढुवानी व्यवसायी महासंघका अनुसार आईतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् । यसअघि ढुवानीमा केही समस्या थिएनन ।
लकिङ प्रणाली जडान भएपछि चालकले विभिन्न बहानामा अवरोध गर्दै आएका छन्, निमगका प्रवक्ता वीरेन्द्र गोईतले भने ढुवानी बन्द गर्नुको उद्देश्य तेल चोर्न पाउनुपर्छ भन्ने नै देखिन्छ ।
हाल पोखरा क्षेत्रमा करिब ८० ट्यांकरहरु सञ्चालनमा छन् । पोखरा डिपोबाट वरपरका जिल्लमा पेट्रोलियम वितरण हुन्छ । पोखरामा करिब १५ दिनअघि औपचारिक रुपमा लकिङ सुरु भएको थियो । कान्तिपुर दैनिकबाट
Comment