काठमाडाै । राष्ट्रिय सहकारी बैंकले काठमाडौँ जिल्लामा रहेका शाखा कार्यालयहरुसंग कारोबार गर्ने सहकारी संस्थालाई सम्मान गरेकाे छ । काठमाडौँ जिल्लामा बैंकका नयाँ बानेश्वर, न्युरोड, गोंगबु, कलंकी र चाबहिल गरि ५ वटा शाखा कार्यालयहरु संचालनमा छन् । उक्त ५ शाखा कार्यालयहरु संग उत्कृष्ट र नियमित कारोवार गर्ने सहकारी संस्थालाई सम्मान प्रदान गरिएको हो ।
सम्मानित हुने संस्थाहरुमा शाखा कार्यालय गोंगबुवाट जेष्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ उत्कृष्ट कारोबार तर्फ र फर्च्युन सेभिङ्ग एण्ड क्रेडिटको–अपरेटिभ नियमित कारोबार तर्फ, शाखा कार्यालय कलंकीवाट चन्द्रागिरी वचत तथा ऋण सहकारी संस्था उत्कृष्ट कारोबार तर्फ र सामुहिक परिवर्तनशील महिला सहकारी संस्था नियमित कारोबार तर्फ, शाखा कार्यालय न्युरोडवाट क्यापिटल वचत तथा ऋण सहकारी संस्था उत्कृष्ट कारोबार तर्फ र श्री लाभ वचत तथा ऋण सहकारी संस्था नियमित कारोबार तर्फ शाखा कार्यालय चाबहिलवाट नेचुरल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. उत्कृष्ट कारोबार तर्फ र गुडविल वचत तथा ऋण सहकारी संस्था नियमित कारोबार तर्फ शाखा कार्यालय नयाबानेश्वरवाट हिलटप जुनार बहुउद्देशीय सहकारी संस्था उत्कृष्ट कारोबार तर्फ र डिलाईट वचत तथा ऋण सहकारी संस्था नियमित कारोबार तर्फ लाई सम्मानित गरेको बैकले जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडाल ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य पशुपति चौलागाई, बैंकका संचालक तथा लेखा समितिका पधाधिकारीहरु, नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ का महासचिव खेमराज सुवेदी, जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष टेक प्रसाद चौलागाई, नेस्फ्कुनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल लगायत सहभागि थिए ।
Comment