प्रभु बैंकले २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलामिबाट बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलामिबाट बिक्री गर्ने



काठमाडौं । प्रभु बैंक लिमिटेडले २२ लाख ३१ हजार २६५ कित्ता शेयरको लिलामिबाट बिक्री गर्ने भएको छ । यो बैंकले संस्थापक शेयर १५ लाख ६० हजार २०३ कित्ता र सर्वसाधारण तर्फको सेयर ६ लाख ७१ हजार ६२ कित्ता शेयरको लिलामीबाट बिक्री गर्ने भएको छ ।

यो बैंकले गत माग ७ देखि फागुन २३ सम्म जारी गरेको हकप्रद शेयरबाट विक्री नभएका शेयरलाई लिलामीबाट बेच्न लागेको हो । यो बैंकले न्युनतम एक सय रुपैयाँमा शेयर आवेदन दिनुपर्ने गरी सूचना सार्वजनिक गरेको छ ।

यो बैंकले यही असार ११ गतेदेखि १८ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ । यसको शेयर आवेदन प्रभु क्यापिटल लिमिटेड र प्रभु बैंकका शाखाबाट दिन सकिने छ ।

यसको बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो । पछिल्लो समय नेपाल स्टक एक्सचेन्जमा यसको शेयरका कारोबार प्रतिकित्ता १९९ रुपैयाँमा भइरहेको छ ।

प्रकाशित : ४ असार २०७५, सोमबार ०८:५९