यी चार नेपाली च्यानलबाट हेर्न सकिन्छ विश्वकप फुटबल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यी चार नेपाली च्यानलबाट हेर्न सकिन्छ विश्वकप फुटबल



काठमाडाै । चार वटा नेपाली च्यानलमा पनि विश्वकप फुटबल प्रतियोगिताको लाइभ प्रसारण गर्ने भएको छ ।

चार वटा च्यानलमध्ये स्याटेलाइट र केबल टिभी बिना सामान्य एन्टिनाले समेत हेर्न सकिने गरी राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनमा विश्वकप फुटबल हेर्न सकिनेछ। त्यसैगरी नेपाल टेलिभिजनकै अर्को च्यानल एनटिभी प्लसमा पनि विश्वकप लाइभ हेर्न सकिनेछ। फिफाले आधिकारिक रुपमा सार्वजनिक गरेको प्रसारण संस्थाहरुमा उल्लेख नभए पनि प्रसारण अधिकार किनेर प्रशारण गर्ने मिडिया हबले जनाएकाे छ ।

निजी टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनमा एचडीमा विश्वकप लाइभ प्रसारण हुनेछ। त्यसैगरी नेपालको एकमात्र डिटिएच डिसहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस एचडीमा पनि नेपाली भाषामा कमेन्ट्रीसहित विश्वकप फुटबल लाइभ हेर्न सकिनेछ। नेपाली च्यानलहरुमा विश्वकप उद्घाटन समारोह प्रत्यक्ष प्रसारण हुने/नहुने प्रष्ट छैन।

नेपालसहित दक्षिण एसियाली देशका लागि विश्वकप उद्घाटन समारोह स्याटेलाइट च्यानलहरु सोनी टेन १, सोनी टेन ३ र सोनी इएसपिएनमा साँझ ६ बजेर १५ मिनेटदेखि हेर्न सकिनेछ।

फिफाका अनुसार नेपालको इन्टरनेट, मोबाइल र रेडियोमा प्रसारण अधिकार समेत सोनी पिक्चर्स नेटवर्क इन्डियाले किनेको छ। सोनीको आधिकारिक वेबसाइट तथा एप सोनी लिभमार्फत् मोबाइल र इन्टरनेटमा विश्वकप उद्घाटन समारोह र म्याचहरुको प्रत्यक्ष प्रसारण हुनेछ।

प्रकाशित : ३१ जेष्ठ २०७५, बिहीबार १६:३६