अन्तर्राष्ट्रिय स्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन असार ३ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

अन्तर्राष्ट्रिय स्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन असार ३ गतेदेखि



काठमाडौं  । अन्तर्राष्ट्रिय स्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन–२०१८ आगामी असार ३ गतेदेखि राजधानीमा शुरु हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा उक्त सूचना तथा सञ्चार प्रविधि सम्मेलन आयोजनामा हुने भएको हो ।

क्यान महासंघले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो । काठमाडौंको हिमालय होटलमा आयोजना हुने कार्यक्रम २ दिन सम्म सञ्चालन हुने क्यानका महासचिव रञ्जित पोदारले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोदारले सम्मेलनमा सञ्चार तथा सूचतना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, यूएनडीपी, नेपाल पर्यटन बोर्ड लगायतको सहयोग रहने जानकारी दिए ।

सम्मेलनमा शहरी विकास मन्त्रालय अन्तर्गत स्मार्ट सिटि को मास्टर प्लान बनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सूचना प्रविधिको क्षेत्रसँग सम्बनिधत योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण समेत गरिने बताइएको छ ।
कार्यक्रमको मूख्य प्रायोजन सुविसु केबल नेट प्रालिले गर्ने बताइएको छ ।

सम्मेलनको सह–प्रायाजनमा भने मोटोरोला नेपालको आधिकारिक विक्रेता लाइफकम प्रालि रहेको छ । सम्मेलनलाई योमरी, इसेवा, हुवावे, वल्र्ड लिंक, भायनेट, मर्कन्टायल, म्याक्स कनेक्ट, डिजिकम, इन्फो डेभलपर्स, एनसीआईटी कलेज, लर्डबुद्ध एजुकेशन फाउन्डेसन लयातका संघ संस्थाहरुले समेत सहयोग गर्ने बताइएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७५, सोमबार १७:३०