बैंक अफ काठमान्डूले यसकारण डाक्यो साधारणा सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमान्डूले यसकारण डाक्यो साधारणा सभा



काठमाडाै । बैंक अफ काठमान्डूले असार २८ गते साधारणसभा डाकेको छ । साधारणसभा कुन्डलिनी दरबार ब्यांकेट चण्डोलमा हुने छ ।

साधारणसभामा कम्पनीको संचालक समितिले प्रस्ताव गरेको १३.२५ प्रतिशत बोनस पारित गर्ने छ । साधारणसभा प्रयोजनको लागि बैंकले असार ८ देखि बुक क्लोज गर्ने भएको छ । असार ७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र बोनस पाउन सक्ने छन् ।

लाभांश प्रस्ताव बाहेक संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, बैंकको नियमावली संसोधन लगायतका प्रस्ताव पनि साधारणसभामा अपश हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २८ जेष्ठ २०७५, सोमबार १२:५५