मन्जुश्री फाइनान्सको साधारणसभा असार २० मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मन्जुश्री फाइनान्सको साधारणसभा असार २० मा



काठमाडाै ।  मन्जुश्री फाइनान्स लिमिटेडले असार २० गते साधारणसभा डाकेको छ । साधारण सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वरमा हुनेछ । कम्पनीले साधारणसभामा ५.७१% बोनस प्रस्ताव र कर प्रयोजनको लागि ०.३२% नगद लाभांश दिने प्रस्ताव पेश गर्ने छ ।

कम्पनीले ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ बराबरको बोनस र २२ लाख ८७ हजार ५११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश बाहेक साधारणसभामा नियमावली संशोधन, आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन पारित , वासलात पारित , आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा छन् ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असार ४ गते बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल मञ्जुश्रीको चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ५०० रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी ८० करोड ४ लाख ६० हजार २१० रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २८ जेष्ठ २०७५, सोमबार १२:१७