बैंक तथा वित्तीय संस्थामा निक्षेप ११.१ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक तथा वित्तीय संस्थामा निक्षेप ११.१ प्रतिशतले बढ्यो



काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ९.३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट बैंकले आइतबार सार्वजनिक गरेको तथ्या्रक अनुसार वार्षिक बिन्दुगत आधारमा २०७५ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६.० प्रतिशतले बढेको जानकारी दिएको छ ।

केन्द्रिय बैंका अनुसार २०७५ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३५.० प्रतिशत र ४५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३६.२ प्रतिशत र ४२.६ प्रतिशत रहेको थियो ।
२०७५ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४६.२ प्रतिशत रहेको केन्द्रिय बैंकले दिएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७५, आईतवार १६:१४