जनता बैंकले ल्यायो ‘पीओएस’ सेवा, कार्डमार्फत नगदरहित भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकले ल्यायो ‘पीओएस’ सेवा, कार्डमार्फत नगदरहित भुक्तानी



काठमाडौं । जनता बैंकले बुधबार देखी ‘पीओएस’ सेवा संचालनमा ल्याएको छ ।

बैंकले भिसा ईन्टरनेशनलसँगको आवद्धतामा देशभरीका शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघसंस्था, अस्पताल आदिबाट ‘पीओएस’ सेवा सञ्चालनमा ल्याएको हो ।

सेवा सञ्चालनमा आए सँगै स्वदेश तथा विदेशका बैंक, वित्तीय संस्थाका ग्राहकहरुले डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहितभुक्तानी कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतामा बैंकका ट्रान्जाक्सन बैंकिङ विभाग प्रमुख निरज शर्मा र आईमार्कका प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : २३ जेष्ठ २०७५, बुधबार १७:०४