लगानीकर्ताको विद्रोहःकाराेबार ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लगानीकर्ताको विद्रोहःकाराेबार ठप्प



काठमाडाै । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुनै कारोबार हुन सकेन । लगानीकर्ताको विद्रोहका कारण काराेबार ठप्प भएको हो । आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरमा अग्रिम कर असुली गर्न दिएको निर्देशनका विरुद्ध आन्दोलनमा उत्रिएका शेयर बजारका लगानीकर्ताले मंगलबार शेयर कारोबारमा ब्ल्याक आउट गर्दै कारोबार ठप्प पारेका हुन् ।

 

विभागको निर्णय फिर्ता गराउन उनीहरूले नेपाल स्टक एक्सचेन्ज तथा सबै ब्रोकर कम्पनीको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् । लगानकिर्ताको दबाबका ब्रोकर कम्पनीले मंगलबार कारोबार गराउन सकेनन् ।

प्रकाशित : २२ जेष्ठ २०७५, मंगलवार १६:०३