आन्तरिक राजस्व विभागको पत्रको जवाफमा शेयर लगानीकर्ता संघले घोर आपत्ती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आन्तरिक राजस्व विभागको पत्रको जवाफमा शेयर लगानीकर्ता संघले घोर आपत्ती



काठमाडौं । शेयर बजारमा आन्तरिक राजस्व विभागको पत्रको जवाफमा शेयर लगानीकर्ता संघले घोर आपत्ती जनाएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै विभागद्धारा नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई गत शुक्रबार जारी गरिएको गोप्य पत्रमा आयकर ऐन २०५८ को परिच्छेद ८ अनुसार बोनस शेयर र हकप्रद शेयरको लगत मुल्यका बारेमा आपक्ति जनाएको हो ।

लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मुल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी आइतबारदेखिको कारोबारबाट अग्रिम कर असुल गर्नु गराउनु भन्ने आदेश प्रति यस शेयर लगानीकर्ता संघ नेपाल घोर आपत्ति व्यक्त गर्दछ जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आ.ब.२०७५÷७६ को बजेटबाट शेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई लगाइँदै आएको ५ प्रतिशत पँुजीगत लाभकर बढाई ७.५ प्रतिशत प¥ुयाईएको कुरालाई समेत लगानीकर्ताले अस्वाभाविक रुपमा लिएको संघले विज्ञप्ति भनिएको छ ।

संघले आफ्नो विज्ञप्तिमा भनेको छ, त्यो आलो घाउँलाई मलमपटिृ गर्न नपाउँदै फेरी करको बोझ थोपर्ने गरी आएको निर्देशन कदापी हामीलाई स्वीकार्य हुने छैन ।

कर लगाउने सर्वमान्य सिद्धान्त विपरित आम सर्वसाधारण लगानीकर्ताको हित विपरित लाभ एवं मूनाफा नै नहुने स्थितिमा समेत राज्यले कर लगाउने प्रचलन सायद संसारमै नभएको संघले भनेको छ ।

राज्यले कर आय वा नाफामा मात्र लगाउने प्रचलन हुने भन्दै आय वा नाफा नभई राज्यले लिने शुल्कलाई कर नभनी सेवा शुल्क भन्न सक्ने संघले बताएको छ ।

अव्यवहारिक एवं अवैज्ञानीक कर प्रणालीले समस्त पुँजी बजारको विकासमा नकारात्मक प्रभाव पार्ने पक्का रहेको संघको निष्कर्ष रहेको छ ।

यसरी आम लगानीकर्तालाई पटक पटक तर्साउने गरी ल्याइने कर प्रणालीको विरुद्ध कठोरभन्दा कठोर आन्दोलनको लागि सम्पूर्ण लगानीकर्ताहरुलाई तयार रहन समेत यस संघले अपिल गरेको छ ।

प्रकाशित : २० जेष्ठ २०७५, आईतवार २१:४०