काठमाडौं। सांसद गगन थापाले सरकारले ल्याएको बजेट संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा चुकेको बताएका छन्।
आर्थिक वर्ष २०७५/७६ को बजेटबारे संसदमा आफ्नो मान्यता राख्दै कांग्रेसका युवा नेता थापाले त्यस्तो धारणा राखेका हुन्। सांसद विकास काेषलाई अर्कै नाममा निरन्तरता दिनु नपर्ने साहस गर्न नसकेर अर्थमन्त्री चुकेको आरोप उनले लगाए।
संसदमा जारी बजेटमाथि छलफलका क्रममा सांसद थापाले चार ‘स’ अर्थात संघीयता, संविधान कार्यन्यन, संघीय वित्त व्यवस्थापन र सम्बृद्धिको सवालमा बजेट चुकेको बताए ।
उनले बहुमतको सरकारले ल्याउने बजेट १० बर्षको मार्गदर्शन गर्छ कि भन्ने अपेक्षा भएपनि बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको धारणा राखे । उनले सरकार एक बर्षे परीक्षणकालमा रहेको र त्यसपछि आफूले प्रतिवेदन पेश गर्ने बताए । ‘पूर्वाधारमा रकम प्रष्टता भएन’ सांसद थापाले कोरियाको उदाहरण दिँदै करको दायरा बढाएकाले कुनैपनि लगानीकर्ता नआउने दावी गरे ।
अर्थमन्त्रीले बजेट बनाउदा साहस गर्न नसकेको भन्दै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका नाममा बजेट छुट्याउनु गलत भएको बताए । ‘यो संसदीय व्यवस्थाको मर्मविपरित छ । सांसदले दिएका कुनैपनि सूची अर्थमन्त्रीले कटाउन सक्नु भएन ।’
‘करकाे दायरा बढाउने या दर बढाउने ? विलासी गाडीमा कर लगाएर ढुकुटी भर्छु भन्नलाई धेरै पढेको अर्थ मन्त्री चाहिदैन । विज्ञ अर्थमन्त्री भनिएपनि उहाँले विज्ञता देखाउन सक्नुभएन । मन्त्रालयले दिएका कार्यक्रम काट्न सक्नु भएन । मेक्सिकोको सारी कार्यक्रम एक दिन बनाउदा २६ प्रतिशत व्यवसायी आए’ थापाले उदाहरण पेश गरे ।अर्थमन्त्रीलाई सचेत गराउदै थापाले भने हामी सचेत गराउछाै तर रामराम भन्छौ, काँध थाप्न सक्दैनौं । यो परिक्षाको घडी हो , जनताले परिक्षा लिन्छन हामी रिपोट कार्ड दिन्छाै ।
Comment