शेयर बजारमा पुँजीगत लाभकरः त्रासमा लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शेयर बजारमा पुँजीगत लाभकरः त्रासमा लगानीकर्ता



काठमाडाै । सरकारले सेयर खरिद विक्रीमा लगाएको कर नितिले अन्याैलता बढ्न थालेको छ । आइतबार शेयर बजारमा कारोबार खुल्ने वित्तिकै नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ । नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउनुमा आन्तरिक राजस्व विभागले शेयर बजारका नियामक निकायहरुलाई पठाएको पत्रले लगानीकर्ताहरुमा त्रास अाएको हो । बोनस र हकप्रद सेयरको विक्रीमा १०० रुपैयाँ लागत मानेर सोभन्दा बढी जति लाभ हुन्छ त्यति नै रकम बराबरको लाभकर तिर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङलाई पत्र पठाउँदै यस्तो ब्यवस्था गर्न गराउन भनेको छ ।

प्रकाशित : २० जेष्ठ २०७५, आईतवार १३:४०