कोरियन भाषा परीक्षाको लागि २८ केन्द्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कोरियन भाषा परीक्षाको लागि २८ केन्द्र



काठमाडाै । रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाको लागि नवौं भाषा परीक्षा यहि जेठ २६ र २७ गते हुने भएको छ । परीक्षाको लागि इपीएस कार्यालय ग्वार्कोले सूचना जारी गरी परीक्षाको केन्द्र र समय तोकेको छ । कार्यालयले ७ हजार १ सय परीक्षार्थी उत्तीर्ण हुन सक्ने पनि जनाएको छ । परीक्षार्थी मध्येबाट उत्पादन मुलक क्षेत्रमा ४ हजार ८ सय र कृषि तथा पशुपालनमा २ हजार ३ सय कामदार छनोट हुने इपीएस कार्यालय ग्वार्कोले जनाएको छ ।

यो बर्ष ८२ हजार २ सय ६४ जनाको भाषा परिक्षा आवेदन परेको छ ।

परीक्षा २ सिफ्टमा हुने छ । पहिलो सिफ्ट अन्तर्गत बिहान ८ बजे अभिमुखीकरण दिएर १० बजे परीक्षा सुरु हुनेछ भने दोस्रो सिफ्टमा १२ बजे अभिमुखीकरण दिएर २ बजे परीक्षा सुरु हुनेछ ।

परीक्षा काठमाडौं, ललितपुर र पोखराका बिभिन्न २८ सेन्टरहरुमा हुने छ ।

 

हेर्नुस  यहाँ थिच्नुस् 

प्रकाशित : २० जेष्ठ २०७५, आईतवार १२:३३