एशियन लाईफ इन्स्योरेन्स बोनस शेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एशियन लाईफ इन्स्योरेन्स बोनस शेयर पारित



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको दशौंैं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस शेयर पारित गरेको छ । १९ गते वीरगञ्जमा आयोजित साधारणले उक्त बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले हाल जारी गरेको ५० प्रतिशतको हकप्रद शेयरको वाँडफाँड पश्चात तथा आ.व. २०७३/७४ को वाँडफाँड योग्य खुद मुनाफामध्ये लाग्ने कर कट्टा गरी बाँकी ४ करोड ८३ लाख ३५ हजार ५ सय ९४ रुपैया बराबरको रकम लाभाँशको रुपमा बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साधारण सभाबाट पारित भए बमोजिम कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४ रुपैया ४० पैसा रुपैयाँ पुग्नेछ ।

सभाबाटै १ः०:६० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित भएकोछ । १ः०:६० को अनुपातमा हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी दुई अर्ब एक करोड सात लाख साठी हजार सात सय सताईस रुपैयाँ र पैसा चार पुग्नेछ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको लागि चुक्तापूँजीे २ अर्ब रुपैयाँ तोकेकोे छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ को रहेकोछ ।

उक्त कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले आ.व.२०७३÷७४ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । कम्पनीको चैत्र मसान्त सम्ममा १२ अर्ब ९ करोड रुपैयाँको जीवन बीमा कोष र १२ अर्ब २८ करोड रुपैयाँ लगानी तथा कर्जामा रहेकोे छ ।

त्यस्तै गरी कम्पनीले चालु आ.व. को बैशाख मसान्त सम्ममा कूल २ अर्ब १६ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरीसकेको छ । कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म २८ वटा शाखा तथा ६९ वटा उपशाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले बालबालिकालाई लक्षित गरी बाल उमंग तथा बालभविष्य बीमा योजना, पेन्सन बीमा योजना, एशियन सावधिक, अग्रिमभुक्तानी सावधिक, सुखी जीवन बीमा योजना, जीवन रत्न जीवनबीमा योजना, पतीपत्नीको लागि संयुक्त सावधिक जीवनबीमा योजना तथा धन समृद्धि आदि जस्ता योजनाहरु प्रचलनमा ल्याएको छ ।

आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाँउहरुमा समेत जीवन बीमाको पहुँच पु¥याई सर्वसुलभ बीमा सेवाप्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।

प्रकाशित : २० जेष्ठ २०७५, आईतवार १२:०१