इन्टरनेट शुल्क महँगिने निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

इन्टरनेट शुल्क महँगिने निश्चित



काठमाडौं । सरकारले यन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क महँगिने भएको छ ।आर्थिक बर्ष २०७५/७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरुले पनि दूरसञ्चार सेवा दस्तुरबापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था ल्याएको हो ।

यसअघि इन्टरनेट सेवा प्रदायकहरुले दूरसञ्चार सेवा दस्तुर तिर्नु नपर्ने प्रावधान थियो । सरकारले पहिलोपटक इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर अन्य टेलिकन्युनिकेसन सरह नै गरेपछि अब कम्तिमा १३ प्रतिशतले इन्टरनेटको शुल्क बढ्ने भएको छ ।

इन्टरनेट सेवा प्रदायकले पनि ग्रामिण दूरसञ्चार सेवा शुल्क वापत भने आम्दानीको २ प्रतिशत रकम भन्दै तिर्दै आएका थिए । स्रोतः कान्तिपुर दैनिक

प्रकाशित : १९ जेष्ठ २०७५, शनिबार ०९:४५