बजेटको अंकगणित नबुझ्नेहरुलाई हावादारी गफ मात्रैःअर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटको अंकगणित नबुझ्नेहरुलाई हावादारी गफ मात्रैःअर्थमन्त्री



काठमाडाै । अर्थमन्त्री युवराज खतिवडाले बजेटको अंकगणित नबुझ्नेहरुले बजेटलाई हावादारी भनेको संज्ञा दिएका छन । बजेटमाथि आएको प्रतिक्रियालाई अर्थमन्त्री खतिवडाले हावादारीको आरोपको खण्डन गरे ।

उनले भने बजेट भनेको अंकगणितको पनि खेल हो । अर्थराजनीतिक दस्ताबेज त हो नै । एक रुपैयाँ पनि घटबढ हुनुहुन्न । बजेटका लक्ष प्राप्त हुन्छ । त्यसकारण यो बजेट नबुझ्नेका लागिचाहिँ हावादारी नै भएको उहाँको कथन थियो । राजस्वको अधिक सीमासम्म हामी गयौँ, आन्तरिक ऋणको अधिकतम सीमासम्म हामी गयौँ – उनले भने ।

योभन्दा ठूलो आकारको बजेट चाहिन्थ्यो भन्यो भनेचाहिँ हावादारी हुन्छ । स्रोतले सुनिश्चितता नदिएको बजेट मात्रै हावादारी हुने उनको कथन थियो । स्रोतले सुनिश्चित गरेको बजेट हावादारी हुन्न उनले सुझाए । त्यसैले, अहिले जसले अर्थशास्त्रको बजेटको प्रक्रिया बुझ्नुभएको छ, उहाँहरूले हावादारी भन्नुभएको छैन । जसले अंकगणित बुझ्नुभएको छैन, उहाँहरूले हावादारी भन्नुभएको छ- खतिवडाले भने ।

राष्ट्रियसभामा आव २०७५÷७६ को आयव्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग छ रहेको बताए ।

उनले  सरकार कालो धनको पक्षमा नरहेको जनाउँदै स्वस्थ्य र पारदर्शी ढंगले कार्यक्रमलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । डा खतिवडाले भने , “प्रतिपक्षले भनेजस्तो यो बजेट न त बाइपंखी घोडा न त कछुवाको गतिमै कार्यान्वयन हुन्छ, हामी हाम्रै गतिमा हिँड्छाँै, कसैको उक्साहटमा लाग्दैनौँ, पहिलको भन्दा छिटो हिँड्छाँै ।”

बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्छौ, यसले आर्थिक समृद्धिका लागि ठूलो फड्को मार्ने र प्रतिपक्षले भनेजस्तो हावामा नभई खुट्टा जमीनमै टेकेको बताउँदै डा खतिवडाले भन्नुभयो, “ राष्ट्रिय उद्योगलाई संरक्षणको नीति दिएर पहिलो पटक बजेट ल्याएका छौँ । उद्योगलाई पारदर्शी व्यवहार गर्न सहयोग गरिरहेका छौँ । सरकारले निजी क्षेत्रमैत्री एकद्वार प्रणाली अवलम्बन गरेको छ, धेरै पैसा कमाउनेलाई कर लगाउने कुरालाई निजी क्षेत्रसँग जोडर हेर्न हुन्न, धेरै सम्पति कमाउनेलाई निजी क्षेत्रसग जोड्दा अन्याय हुनेछ ।”

अर्थमन्त्री खतिवडाले भने , “कुन मुलुक विश्वमा यस्तो छ, राज्यलाई प्रभावकारी भूमिकामा नराखी समाजवादी अर्थतन्त्र ल्याएको होस् । राज्य र निजी क्षेत्रको भूमिकालाई परिपूरक गरेर अघि लैजाने हो । आवतजावत गर्ने, सम्पत्ति कमाउने अधिकार सबै जनतालाई छ, कमाएको सम्पत्तिमा राज्यले कर लिने कुरा कसरी बेठीक हो ?”

प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार १७:४४