जनता बैंकद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण



काठमाडौं । जनता बैंकले नवलपरासीको आदर्श माध्यमिक विद्यालयमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले उक्त विद्यालयका १ देखि ५ कक्षा सम्मका १ सय १४ जना विद्यार्थीहरुलाई बिहीबार उक्त सामग्री वितरण गरेको हो । रुपन्देही बैंकको देविनगर शाखाको इन्चार्ज मार्टिना चौधरीको नेतृत्वले विद्यार्थीहरुलाई हौसल्ला प्रदान गर्ने उद्देश्यले ति सामाग्री वितरण गरिएको हो । त्यसतै बैंकले दमकडा मा.वि. पाल्पामा खानेपानीको लागि सामाजिक उत्तरदायित्व कोषबाट २४ हजार रुपैयाँ प्रदान गरेको छ । ७ सय १५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा सो रकमबाट समर्सियल पम्पजडान गरी खानेपानीको ब्यवस्था गरिनेछ ।

प्रकाशित : १७ जेष्ठ २०७५, बिहीबार १७:५२