नेपाल इन्भेष्टमेण्ट बैंक शाखा रोल्पाको त्रिवेणी गाँउपालिकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंक शाखा रोल्पाको त्रिवेणी गाँउपालिकामा



काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ । २२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउपालिकाका स्थानीयलाई यो शाखाले वित्तिय कारोवारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ साथै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई रु ३ अर्ब ६४ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र बैंक रहेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेके छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

प्रकाशित : १६ जेष्ठ २०७५, बुधबार १८:००