बजेटले पूँजी बजारमा देखिएको करको अस्पष्टता अन्त्य गर्योः स्टक ब्रोकर एशोसिएसन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बजेटले पूँजी बजारमा देखिएको करको अस्पष्टता अन्त्य गर्योः स्टक ब्रोकर एशोसिएसन



काठमाडाै । नेपाल स्टक ब्रोकर एशोसिएसनले सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत मूल्य अभिवृद्धिकर छुट हुने क्षेत्रभित्र समावेश गरेकोमा खुशी व्यक्त गरेको छ । एसोशिएसनले बुधबार विज्ञप्ति जारी गर्दै बजेटले पूँजी बजारमा देखिएको करको अस्पष्टता अन्त्य गरेको निस्कर्ष समेत निकालेको छ ।

यो व्यवस्थाले केहीबर्ष देखि धितोपत्र दलाल व्यवसायीको धितोपत्र खरिद बिक्री सेवा बापत प्राप्त हुने आयमा भ्याट लाग्ने नलाग्ने द्धिविधाको अन्त्य भएको एसोशिएसनका अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए ।

सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट मार्फत धितोपत्र कारोबारको कमिशसनमा भ्याट नलाग्ने घोषणा गरेको छ भने यसअघि भ्याट लाग्ने भनी निर्धारण गरिएको रकम समेत मिनाहा गरेको छ ।

बजेटले धितोपत्र कारोबार व्यवसायलाई भ्याट छुट हुने वस्तु तथा सेवाको सूचिमा राखेको छ । धितोपत्र व्यवसायमा ३० प्रतिशत आयकर लगाउने लगायतका व्यवस्थाले कर अस्पष्टता अन्त्य भएको एसोशिएसनले जनाएकाे छ ।

प्रकाशित : १६ जेष्ठ २०७५, बुधबार १३:४९