करिब १६ खर्बको बजेट अाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

करिब १६ खर्बको बजेट अाउदै



काठमाडाै । आर्थिक वर्ष २०७५।७६ को बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आज दिउँसो ४ बजेट बजेट प्रस्तुत गर्नेछन् । सरकारले राजश्वको दर र दायरा ब्यापक परिवर्तन गर्दै करिब १६ खर्ब रुपैयाँ बढीको बजेट निर्माण गरेको छ ।

बजेटमा लगानी विस्तारका लागि निजी क्षेत्रको परिचालन, साना उद्यम, कृषि जस्ता क्षेत्रमा सहकारीको व्यापक परिचालन, कर प्रणालीमा कडाइ लगायतका विषय समेटिएको छ । संविधानमा संघीयता कार्यान्वयन भएको दुई वर्षपछि पहिलोपटक आउन लागेको पूर्ण संघीय बजेटमार्फत सरकारले स्थानीय र प्रदेश सरकारलाई विभिन्न चार प्रकारको अनुदान दिने भएको छ ।

कृषि, पर्यटन, जलविद्युत् र रोजगारीसँग सम्बन्धित नयाँ कार्यक्रमहरु बजेटमा समेटिएका छन् । त्यस्तै, निर्माणाधीन राजमार्ग एवम् सडकहरुलाई पूर्णता दिने, औद्योगिक विकासमा सरकार र निजी क्षेत्रका साथै वैदेशिक लगानी, उत्पादशील क्षेत्रमा वित्तीय लगानी विस्तार, रेलमार्ग, जलयातायात लगायतका विषयहरुलाई पनि प्राथमिकतामा राखिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १४:४८