नयाँ बजेटले सेयर बजारलाई कसरी सम्बोधन गर्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नयाँ बजेटले सेयर बजारलाई कसरी सम्बोधन गर्ला ?



काठमाडाै । सरकारले अाज ४ बजे बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बार्षिक बजेट संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नुहुनेछ ।

गणतन्त्र नेपालको नयाँ संविधान कार्यन्वयनसँगै पहिलो पटक आउन लागेको बजेट हिजो मात्र सरकारले संसदबाट पारित गरेको नीति तथा कार्यक्रममा आधारित हुनेछ ।

बजेटले देशको आर्थिक समृद्दी र विकासको लक्ष्यलाई समेटने अपेक्षा समेत गरिएको छ । देश संघीयतामा गएसँगै तीनै तहका राज्यका संरचनाहरुमा बजेटको विनियोजन कसरी हुन्छ भन्ने पनि चासोको विषय बनेको छ ।

स्थानीय र प्रदेश सरकारलाई पहिलो पटक यो केन्द्रीय बजेटले सम्बोधन गर्ने भएर पनि भोलिको बजेट नयाँ संरचनामा पेश हुने जानकारहरु बताउँछन । सरकारले नीति तथा कार्यक्रम मार्फत जारी गरेका ठूला र दीर्घकालिन परियोजनालाई बजेटले कसरी सम्बोधन गर्छ त्यो पनि अर्को चासोको विषय बनेको छ । बामपन्थी बहुमतको सरकारले नेपालको इतिहासमै ल्याउन लागेको यो पहिलो बजेट हो ।

नयाँ बजेटमा शेयर बजार स्म्बन्धी के कस्ता विषय समेटिएलान् भन्ने आम रुपमा चासो रहेको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजारलाई सम्बोधन गर्न अर्थमन्त्रीले केही प्रभावकारी व्यवस्था गर्लान् भन्ने आम मानिसको चासो सम्बोधन हुने अवस्था पनि देखिएको छ ।

 

नयाँ बजेटले बजारको विकासका लागि महत्वपुर्ण व्यवस्था अघि सार्ने आसमा लगानीकर्तामा छ । सेयर बजारमा भ्याट लगाउनु नहुने कुरालाई अहिलेको बजेटले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।केही समय अगाडी पनि प्रधानमन्त्री केपी अोलीले लगानीकर्ता भ्याट नलाग्नेमा ढुक्क हुन अाग्रह गरेका थिए ।

तर कस्तो र कुन रुपमा सम्बोधन गरिने हो भन्ने बारेमा केही बताइएको छैन ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १३:५२