एनएमबी बैंकको एफपीओको मूल्य तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी बैंकको एफपीओको मूल्य तय



काठमाण्डौ । एनएमबी बैंकको एफपीओ आउने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता शेयरको एफपीओ जारी गर्ने अनुमति पाएको छ ।

एफपीओ  जारी गर्न यसको बिक्री प्रवन्धक नागरिक लगानी कोषले गत बैशाख २० गते मागेको अनुमतिलाई नेपाल स्टक एक्चेन्जले सोमबार स्वीकृति दिएको हो ।

 बैैंकले अब १ सय रुपैयाँको साधारण सेयरलाई २३३ रुपैयाँ थप गरेर ३३३ मा एफपीओ जारी गर्ने भएको छ ।  बैंकको शेयर नेपाल स्टक एक्चेन्जको पछिल्लो कारोबार ४४४ रुपैयाँमा भएको छ ।

 बैंकले ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित १ करोड १४ लाख १५ हजार १६३ कित्ता सायारण सेयरलाई ३३३ मा जारी गर्ने भएको छ ।

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ७ करोड ६० लाखको उचाईमा पुुग्नेछ । यस्तै, एफपीओपछि सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात हालको ३९.९९ प्रतिशतबाट वृद्धि भई ४९ प्रतिशत पुुग्नेछ । हाल ६०.०१ प्रतिशत रहेको संस्थापक सेयर होल्डिङ घटेर ५१ प्रतिशतमा झर्नेछ ।

यो बैंकको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइपीओ ग्रेड ३ को रेटिंग दिएको छ । यसले बैंकको अवस्था औसत रहेको भन्ने जनाउँछ र यस्तो कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन ।

 

 

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार ११:४२