आर्थिक वर्ष २०७५/७६ को बजेट आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक वर्ष २०७५/७६ को बजेट आज



काठमाडाै । सरकारले आज आर्थिक बर्ष २०७५/७६ का लागि बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले बार्षिक बजेट  संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नुहुनेछ ।

गणतन्त्र नेपालको नयाँ संविधान कार्यन्वयनसँगै पहिलो पटक आउन लागेको बजेट हिजो मात्र सरकारले संसदबाट पारित गरेको नीति तथा कार्यक्रममा आधारित हुनेछ ।

बजेटले देशको आर्थिक समृद्दी र विकासको लक्ष्यलाई समेटने अपेक्षा समेत गरिएको छ । देश संघीयतामा गएसँगै तीनै तहका राज्यका संरचनाहरुमा बजेटको विनियोजन कसरी हुन्छ भन्ने पनि चासोको विषय बनेको छ ।

स्थानीय र प्रदेश सरकारलाई पहिलो पटक यो केन्द्रीय बजेटले सम्बोधन गर्ने भएर पनि भोलिको बजेट नयाँ संरचनामा पेश हुने जानकारहरु बताउँछन । सरकारले नीति तथा कार्यक्रम मार्फत जारी गरेका ठूला र दीर्घकालिन परियोजनालाई बजेटले कसरी सम्बोधन गर्छ त्यो पनि अर्को चासोको विषय बनेको छ । बामपन्थी बहुमतको सरकारले नेपालको इतिहासमै ल्याउन लागेको यो पहिलो बजेट हो ।

बजेटले जनजिविका र सर्वसाधारणको दैनिकीलाई समेत समेट्नु पर्ने र आर्थिक समृद्दिमा पनि केन्दीत रहनु पर्ने दायित्वले आज सार्वजनिक हुने बजेटलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार ०८:३२