आर्थिक सर्वेक्षण सार्वजनीक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक सर्वेक्षण सार्वजनीक



काठमाडाै । सरकारले चालु आर्थिक वर्षको आठ महिनासम्मको समग्र आर्थिक स्थितीको मूल्यांकन सहितको आर्थिक सर्वेक्षण सार्वजनीक गरेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनु पूर्व चालु आर्थिक वर्षको अवस्था, प्रगती, कमजोरी र चुनौतीहरुलाई समेटेर आर्थिक सवेक्षण सार्वजनीक गर्ने व्यवस्था छ । सोही अनुरुप आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनीक  गरे् ।

मुलुकले चालु आर्थिक वर्षमा हासिँल गरेको उपलब्धीलाई सर्वेक्षण मार्फत प्रदेशगत रुपमा प्रस्तुत गरिएको जानकारी गराए । सर्वेक्षण अनुसार आलु आर्थिक वर्षमा मुलुकको आर्थिक बृद्धिदर ५.५९ प्रतिशत र प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर पुग्ने उल्लेख छ।

त्यस्तै सर्वेक्षण अनुसार संचालनमा रहेको ३७ वटा सार्वजनीक संस्थानहरु मध्ये २६ वटा नाफामा गएका छन् भने ११ वटा अझै घाटामा छन् । ८० लाख भन्दा बढी नेपाली गरिबीको रेखामुनी रहेको छ । सेयर बजार स्थिरताउन्मुख रहेको र व्यापारघाटा कुलग्राहस्थ उत्पादनको ३७ प्रतिशत पुग्ने अनुमान छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाको कर्जाको बृद्धिदरको तुलनामा निक्षेप बृद्धिदर कम रहेको उल्लेख छ । सर्वेक्षण अनुसार निक्षेप २४ खर्व र कर्जा २२ खर्व पुगेको छ । मूल्य बृद्धिमा चाप पर्न थालेको र सरकाकारी खर्च बढेर बजेट घाटा सुरु भएको मन्त्री खतिवडाले प्रस्तुत गरेकाे सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित : १३ जेष्ठ २०७५, आईतवार १५:०८