सुनकै गल्लि त बनाउँछौं भनेका छैनौंः प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकै गल्लि त बनाउँछौं भनेका छैनौंः प्रधानमन्त्री



काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको प्रष्टिकरण दिएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै ओलीले रामायणको प्रसंग निकालेर सम्भव हुने सपनामात्र देखाइएको बताए ।

ओलीले भने, ‘रामायणमा भनिएको छ ‘घर पनि सुनैका छन्, गल्लि पनि सुनैका’ । यो सरकारले अर्को वर्ष सुनका घर र सुनकै गल्लि बनाउछौं भनेर भनेको छैन नि । सम्भव हुने र सम्भव बनाउनुपर्ने सम्बृद्धिका सपना बोकेको छ । सम्बृद्ध नेपाल र सुखी नेपाल्किो उद्देश्यमा केन्द्रित छ । यो हाम्रो राष्ट्रिय आकांक्षा हो ।

ओलीले नेपाललाई सम्बृद्ध र विकसित बनाउँने कुरा गर्दा हावादारी भनेर उडाउने प्रवृतिप्रति दुःख व्यक्त गरे । उनले गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउने,दुःखी नेपालीलाई सुखी बनाउने कुरा गर्दा आरोप खेप्नुपरेको गुनासो गरे ।

ओलीले भने, ‘नेपाल अहिले तेस्रो विश्वमा छ । तेस्रोबाट पहिलो विश्वमा पुर्‍याउछु भन्न पाइदैन । के नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त हो ? कति वर्ष लाग्छ, थाल्नु त पर्‍यो नि ।’

ओलीले नीति तथा कार्यक्रममाथि आम रुपमा सबैको सहमति देखिएको भन्दै प्रतिपक्षको धर्म निर्वाह गर्ने बाहेक कसैले आलोचना नगरेको बताए ।

प्रकाशित : १३ जेष्ठ २०७५, आईतवार १३:३७