नेपाल बैंकको एफपीओको मुल्य तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंकको एफपीओको मुल्य तय



काठमाडौं । नेपाल बैंकले एफपीओको मुल्य तय गरेको छ । नेपाल बैंकको सञ्चालन समितिबाट विहीबार एफपीओको मुल्य स्वीकृत गरेको हो । बैंककाले एक सय रुपैयाँमा प्रिमियम १८० थप गरि २८० रुपैयाँ मुल्य तोकेको छ ।

बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ ।

बैंक गत साधारणसभाबाट १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव परित भएको छ । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । हाल सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत शेयर कायम रहेको बैंकको शेयर कारोेबारे फागुन ९ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लेज गरेको छ ।

बैंकको एफपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७५, आईतवार ११:३४