तपाईलाई खान-पानमा रुची छ ? छ भने सानो बिजनेश सुरु गर्न सक्नु हुन्छ । फुड बिजनेश सुरु गर्दा सुरुवातीमा ज्यादा लागत पनि लाग्दैन ।
कफि सप
पछिल्लो समय नेपालमा कफि पिउने जमातहरु बढ्दै गएकाे छ । प्राय मान्छे कफि सपलाई अाराम गर्ने ठाउको रुपमा पनि लिने गरिन्छ । जहाँ मानिस कफि पिउन अाउछन त्यहाँ कफि संगै अरु खानाहरु पनि माग्न सक्छन । त्यस कारण कफि सप संगै फुडकाे बिजनेश पनि सुरु गर्न सकिन्छ ।
टिफिन सर्भिस
तपाई महिला हुनुहुन्छ ? बिहान बेलुकाको घरको काम पछि फुर्सदमा हुनुहुन्छ भने केही गर्नुस् । त्यो फुडको बिजनेश पनि हुन सक्छ । अाज भोली बढ्दै गएको शहरीकरण संगै मानिसहरु घर भन्दा बाहिर रहेर काम गर्छन । समयको अभावका कारण अाफै खाना बनाएर खाने भन्दा पनि टिफिनमा वा होटलमा अडर गरेर खाने गर्छन । त्यस कारण विभिन्न नीजि तथा सरकारी कार्यलयहरु संग सम्पर्क गरेर टिफिन सर्भिसको काम सुरु गर्न सक्नु हुन्छ । यसमा तपाईको नोकसानी हुने चान्स कम हुन्छ ।
अाईसक्रिम पालर
अाजभोली त्यो पनि गर्मीको माैसम यस बिजनेशमा राम्रो मुनाफा मिल्न सक्छ । यसको लागि धेरै ठाउको पनि जरुरी पर्दैन । अाइसक्रिम संगै तपाइले फुड बिजनेश पनि संगै लैजान सक्नु हुन्छ । फुड बिजनेशको लागि अाफ्नो हिसाबले लगानी गर्न सक्नु हुन्छ ।
जुस सेन्टर
तपाईले यो व्यवसाय अफिसको छेउ वा भिडभाड हुने स्थानमा भए राम्रो अाम्दानी हुन्छ । यसका लागि तपाइलाई अलि राम्रो ठाउको अावश्यक पर्छ । यसमा नोकसान कम र कमाइ ज्यादा हुन्छ । अाफै गर्न नसक्ने भए यो व्यवसायमा छुट्टै मान्छे राखेर सुरु गर्नुहुने छ ।
फास्ट फुड सेन्टर
फास्ट फुड सेन्टरबाट खट्न सक्नेहरुका लागि राम्रो अाम्दानीको स्रोत हो । मःमः पिज्जा, बर्गर फास्ट फूड यस्ता हुन यी एवरग्रीन छन । यसता फुड मानिसहरुले सधै रुचाउछन । यस्तो फास्ट फुड व्यवसाय सानो ठाउबाट सुरु गर्न सकिन्छ ।
Comment