शुरु भएन यार्सागुम्बाको कृत्रिम उत्पादन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शुरु भएन यार्सागुम्बाको कृत्रिम उत्पादन



ललितपुर ।प्राकृतिक यार्सागुम्बामा जस्तै गुण कायम राखेर कृत्रिम यार्सागुम्बा उत्पादन गर्न सकिने भए पनि नेपालमा भने शुरु भएको छैन ।

बहुमूल्य जडीबुटी यार्सागुम्बाको कृत्रिम उत्पादन गरेर गुणस्तर कायम गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाएको छ ।

नाष्टमा कार्यरत वैज्ञानिक रामचन्द्र पौडेलले यार्सागुम्बा उत्पादन हुने अरू देशले कृत्रिम उत्पादन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशमा धेरैलाई कृत्रिम रुपमा समेत उत्पादन हुन्छ भन्ने नै थाहा छैन ।”

यार्सागुम्बाको संकलन तीव्र भएपछि कतिपय पाटन रित्तिँदै गएका छन् । रित्तिँदै गएका पाटनमा कृत्रिम रुपमा यार्सागुम्बा उत्पादन गर्न सकिन्छ । तिब्बतमा यार्सागुम्बा पाइने पाटन मरुभूमिमा परिणत भएपछि कृत्रिम उत्पादन थालेको छ । नेपालका धेरै यार्सागुम्बा पाइने ठाउँमा अहिले कम हुँदै गएको संकलकले बताउँदै आएका छन् ।

उहाँ भन्नुहुन्छ, “विश्व बजारको माग धान्न र पाटनलाई मरुभूमि हुनबाट रोक्नका लागि कृत्रिम उत्पादन थाल्नुपर्ने देखिन्छ ।”

हिमाली जिल्लाका लागि बरदानका रुपमा रहेको यार्सागुम्बाले राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याएको छ । यार्सागुम्बा पाइने ठाउँमा अत्यधिक र अव्यवस्थित संकलन, जलवायु परिवर्तन लगायतका कारणले यार्सागुम्बा कम पाइन थालेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार १३:४६