सरकारको नीति तथा कार्यक्रम सपना बाँड्ने योजनाको पुलिन्दा मात्रैः कांग्रेस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारको नीति तथा कार्यक्रम सपना बाँड्ने योजनाको पुलिन्दा मात्रैः कांग्रेस



काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिदै संघीय संसदमा त्यसबारे आवाज उठाउने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पूरानै शैली र केन्द्रीकृत प्रणालीको सपना बाँड्ने योजनाको पुलिन्दा मात्रै भएको संसदमा आवाज उठाउने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रममा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको, एक बर्षभित्र कुन–कुन क्षेत्रमा के कति उपलब्धि हुन्छ भन्ने रेखांकन गर्न नसकिएको आरोप कांग्रेसले लगाएको छ ।

संघीय संरचनामा मुलुक रहेपनि नीति तथा कार्यक्रमले तीन तहको सरकार भएको अनुभूति दिन नसकेको तथा पूर्ववर्ती सरकारको जस्तै केन्द्रीकृत नीति अबलम्बन गरिएको ठहर कांग्रेसले गरेको छ । सरकारले नीति तथा कार्यक्रमका सैद्धान्तिक पक्षबारे प्रमुख प्रतिपक्षी दलसंग छलफल नगरे एकलौटी रुपमा अघि बढेको टिप्पणी कांग्रेसले गरेको छ ।

सरकारको नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारलाई मार्गर्दशन गरि हातेमालो गर्दै अघि बढ्नुपर्ने भएपनि त्यो नभई घोषणपत्रमा सिमिति भएकाले जनताको विकास र सम्वृद्धिको सपना साकार पार्न आफुहरुले संसदमा शसक्त आवाज उठाउने निर्णय पनि कांग्रेसले गरेको छ ।

प्रकाशित : ८ जेष्ठ २०७५, मंगलवार १६:३५