ठेकेदारलाई गृहमन्त्रीको जवाफ , ‘ढिलासुस्ती र अनियमिततालाई माफी छैन ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ठेकेदारलाई गृहमन्त्रीको जवाफ , ‘ढिलासुस्ती र अनियमिततालाई माफी छैन ’



काठमाडाै । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्नेहरुमाथि कारबाही थाल्ने जनाएका छन । सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई गृहमन्त्री थापाले काममा ढिलासुस्ती गर्ने र कमसल काम गर्नेरुलाई अब सरकार हेरेर नबस्ने जावाफ दिए ।

गृहमन्त्री थापाले नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुलाई विगतका कमजोरीलाई सच्याउन आग्रह समेत गरे । उनले भने, ‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन ।’

निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री बादलले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए ।

उनले भने, ‘‘कुन कर्मचारीले घुस माग्छ, कुन इञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस । उनीहरुलाई तत्कालै जेल हाल्छौं । ’’ उनले कुनै कर्मचारीले नियतबस फाईल अड्काएर राखे उनिहरुलाई पनि कारवाही गरिने समेत स्पष्ट पारे ।

प्रकाशित : ७ जेष्ठ २०७५, सोमबार १९:२६