सिआस्वा प्रभावकारी बनाउन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिआस्वा प्रभावकारी बनाउन निर्देशन



काठमाडाै । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सिआस्वा प्रभावकारी बनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । सिआस्वा लागू गरिएका संस्था तथा निकायहरुको सफ्टवयरमा समय समयमा समस्या आउने तथा ह्याङ भएर काम नगर्ने जस्ता भएको जनगुनासो आएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।

 

बोर्डले सिआस्वा लागू गरेका बैंक तथा वित्तीय संस्थाहरुको कनेक्टिभीटी प्रभावकारी बनाउन सिडिएस एण्ड क्लियरिङलाई ४ बुदे निर्देशन दिएको छ ।

‘धितोपत्रको सार्वजनिक निस्काशनमा सी–आस्वा प्रणाली लागू गरिएकोमा लगानीकर्ता एवं आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयर मा समय समयमा केनेक्टीभीटी जाने तथा सिस्टम ह्याङ हुने जस्ता समस्याले गर्दा सेवा प्रभावकारी नभएको भनी बोर्डमा गुनासो प्राप्त भएको छ, सो सेवा प्रभावकारी बनाउनु,’ बोर्डले सिडिएस एण्ड क्लियरिङ्गलाई गरेको परिपत्रमा भनिएको छ ।

१. सी–आस्वा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको कनेक्टिभिटीको क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास गर्ने ।

२. सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै (रियल टाइममा) जानकारी गराउने संयन्त्रको बिकास गर्ने ।

३. सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने ।

४. सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने÷गराउन लगाउने ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १६:२७