सिद्धार्थ राजमार्ग एकतर्फी खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ राजमार्ग एकतर्फी खुला



बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिब १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

गएराति पहिरो खसेको ठाउँ पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा गत आइतबार पनि पहिरो खसेर दुई दिन सडक अवरुद्ध भएको थियो ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने अधिकांश सवारी साधन रातिदेखिनै बाटोमै रोकिएका थिए ।

प्रकाशित : ४ जेष्ठ २०७५, शुक्रबार ११:४३