काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महालम्पसारवादी’ भन्दै कटाक्ष गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले भने -‘भारतका तत्कालीन राष्ट्रपति नेपाल आउँदा एमालेका सम्माननीय अध्यक्षले भन्नुभएको थियो’ भ्रमण त ठीक छ, तर यो तामझाम हेर्दा लम्पसारवादी भन्न मन लाग्यो। मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दै गर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने?
थपाले अघि थपे, आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ? सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो रोस्टमबाट जिम्मा लिएर भन्नुभएको छ, अब भारतले कहिले पनि नाकाबन्दी गर्दैन भनेर । हिजो भारतसँग कुराकानी मात्र गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरूले घुँडा टेक्दा घुँडामा घाउ भयो भनेर भन्नु भएको थियो, थापाले प्रश्न गरे, हिजो भारतले नाकाबन्दी गर्दैन भनी जिम्मा लिएर रोस्टममा बोल्ने प्रधानमन्त्रीलाई मैले सोध्न पाउने कि नपाउने, तपाईंको घुँडामा भ्वाङ पर्यो कि परेन ?
सांसद थापाले थप भने, ‘ओलीलाई अहिले महालम्पसारवादी भन्न नपाउने कि पाउने ? प्रदेश २ को मुख्यमन्त्रीले भन्दा किन चुप ? विदेशले मुख्यमन्त्री चिन्दैन परराष्ट्र मन्त्री चिन्छ । परराष्ट्र मन्त्रीले मुख्यमन्त्रीलाई तालाबन्दी दिने कि नदिने ?
गगन थापाले थप भने, ‘मैले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने ? यो कस्तो लम्पसारवाद हो आफ्ना कार्यकर्ता दूतावासमा विरोध गर्न जाँदा केही नहुने आज आफ्नो पार्टी कार्यालयमा विरोध गर्न नपाउने ? हिजो अरुलाई कुरीकुरी गर्नेले आज नाङ्गै हिंड्दा के भन्ने ?’
थापाले थपे, ‘न संघर्ष न समर्पण भनेर बीपीले भन्दा महेन्द्रले हटाए । सुशील कोइरालाले घुँडा नटेक्दा नाकाबन्दी लाग्यो । अहिले भारतीय सेना आउँदा ओली किन चुप ?’
Comment