सहकारी क्षेत्रलाई समेट्ने ढंगले बजेट ल्याउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारी क्षेत्रलाई समेट्ने ढंगले बजेट ल्याउ



काठमाडौँ । राष्ट्रियसभामा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा जारी छ ।

सांसद कालीबहादुर मल्लले राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिअनुसार सहकारी क्षेत्रलाई समेट्ने ढंगले बजेट ल्याउन सुझाव दिए । आजको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद रामनारायण बिंडारीले मुलुकमा नयाँ शासन नयाँ भएसँगै बजेटमा पनि नयाँपन देखिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

सांसद हरिराम चौधरीले व्यावहारिक रुपमा कार्यान्वयन हुन सक्ने र नेपाली ढाँचाको बजेट ल्याउन सरकारलाई सुझाव  दिए । सांसद कोमल ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने आधार तयार पार्दै कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा बजेट यथेष्ट उपलब्ध गराउनुपर्नेमा जोड दिइन।

सांसद चक्रप्रसाद स्नेहीले मुलुकलाई आत्मनिर्भर गर्न खानी उत्खननका लागि नीति र बजेटको व्यवस्था गर्न सुझाव दिए । आजको बैठकमा सदस्य बृशेषचन्द्र लाल, अगम वान्तवा, रमेशजंग रायमाझी, राजकुमार कुँवर, अनिता देवकोटा, हरिराम चौधरी, तारादेवी भट्टलगायतले जनताको भावना समेटेर बजेट ल्याउन र सांसद विकास कोषमा बजेट छुट्याउँदा राष्ट्रियसभाका सदस्यका लागि पनि विनियोजन गर्न आग्रह गरे । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित : ३० बैशाख २०७५, आईतवार १६:०६