मंगलबार प्रकाशित भएका पत्रपत्रिकामा आर्थिक खबरहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंगलबार प्रकाशित भएका पत्रपत्रिकामा आर्थिक खबरहरु



logoमंगलबार  प्रकाशित भएका पत्रपत्रिकाहरुले भुकम्प सम्बन्धी समाचारहरुलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुर र नागरिक दैनिकले सरकारले असारसम्म नयाँ घर बनाउन रोक लगाएको समाचारलाई मुख्य समाचार बनाएका छन् भने अन्नपूर्ण पोष्टले दोलखाका १४ गाउँ सार्नुपर्ने र नयाँ पत्रिकाले भुकम्प पीडितलाई राहत र पुर्नस्थापना गर्न दलहरुले गरेको गतिविधिलाई मुख्य समाचार बनाएका छन् ।

कारोबार दैनिकले उपत्यकामा डेरा अभाव भएको समाचारलाई मुख्य प्राथमिकता दिएको छ । राजधानीमा ७२ हजार घर क्षतिग्रस्त भए पछि घर धनी र राजधानी बाहिरबाट आएर पेशा ब्यवसायमा संलग्न रहेकाहरुलाइृ डेरा अभाव भएको समाचारमा जनाईएको छ । दैनिकले काठमाडौ, ललितपुर र भक्तपुरका ७२ हजार तीन सय ८५ घरमा तत्काल बस्न नहुने गरी क्षति पुगेको उल्लेख गरेको छ । डेरा अभावको भएको मौकामा कतिपय घरधनीले भाडा पनि बढाउँन थालेको जनाईएको छ । गृह मन्त्रालयले घर भाडा बढाईए कारबाही गर्ने सूचना जारी ग्रेको भए पनि त्यसको बर्खिलाप हुने गरी भाडा बढाउने प्रयास भएको समाचारमा उल्लेख छ ।

कारोबार दैनिकमै भुकम्पपछि नेपालको आर्थिक बृद्धिदर ४.२ प्रतिशतमा सिमित हुने एशियाली बिकास बैंकले प्रक्षेपण गरेको समाचार छ । एक महिना अघि नेपालको आर्थिक बृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको एडीबीले भुकम्पको असरका कारण आर्थिक बृद्धि कटौती हुने जनाएको हो ।

नेपालमा गएका भुकम्पहरुको अध्ययन गर्न आएका अमेरिकी भुगर्भविद्हरु पनि चकित परेको खबर मंगलबारको अन्नपूर्ण पोष्टमा छ । नेपाली मूलका भुगर्भविद् बिनोद तिवारीको नेतृत्वमा आएका अमेरिकी भुगर्भविद्हरु यहाँ गएको भुकम्पको प्रबृति नौलो प्रकारको भएको भन्दै चकित परेको उल्लेख गरिएको छ । गोर्खा, दोलखासहितका भुकम्पको केन्द्र बिन्दु रहेका स्थानको  भ्रमण गरेका उनीहरुले अमेरिका, जापान र अरु देशमा गएका भुकम्प भन्दा नेपालमा गएको भुकम्पको प्रकार बेग्लै भएको र त्यसले पारेको चिराबारे अध्ययन गर्न कठिन भएको जनाएका छन्् । दोलखा र गोर्खाका पहाडमा चिरा परेको नभई पहाडबाट पहिरो खसेको अबस्था मात्रै देखिएको जनामईएको छ । गोर्खाको बारपाकदेखि पुर्वतर्फ पहिरो जाने संभावना धेरै भएको टोलीले औल्याएको छ । नेपालमा भुकम्प गएका स्थानमा माटो परीक्षण गर्न अर्को अमेरिकी टोली पनि आएको छ ।

कान्तिपुर दैनिकले नेपालमा थप सहयोग उपलब्ध गराउने बारे प्राथमिकता बुझ्न भारतले बिशेष टोली पठाउने भएको जनाएको छ । भारतले नेपालमा पुनर्निमाण र पुनस्र्थापनाको प्राथमिकता बुझ्न प्रधानमन्त्री नरेन्द्र मोदीले अतिरिक्त मुख्य सचिव पीके मिश्रको नेतृत्वमा मंगलबार बिशेष टोली पठाउने समाचारमा उल्लेख छ ।

अन्नपुर्ण पोष्टले भुकम्पका कारण दोलखाका लामा बगर, गौरीशंकर, आलम्पु, चिलंखा, बिगु, खारे, ओराङ, खोपाचागु, कालिन्चोक, मार्बु, सुरी, चंखु, बुलुङ र लादुक गाउँका ६ हजार घरध’रीलाई सुरक्षित ठाउँमा सार्नुपर्ने अबस्था रहेको उल्लेख गरेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७२, मंगलवार ०३:२७