काँग्रेस बैठक स्थगित, पदाधिकारी नियुक्तमा पाैडेल पक्षधरको किचलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काँग्रेस बैठक स्थगित, पदाधिकारी नियुक्तमा पाैडेल पक्षधरको किचलो



काठमाडौं । नेपाली काँग्रेसमा पदाधिकारी नियुक्त गर्नका लागि सोमबार बोलाएको बैठक स्थगित भएको छ । सहमतिबाटै पदाधिकारी नियुक्त गर्नका लागि बोलाइएको बैठक बैशाख २१ गते शुक्रबारका लागि बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश बैठक बैशाख २१ गतेका लागि सारिएको जानकारी दिएका छन् ।

पाैड‍ेल पक्षधरको किचलो

बहुमतको बलमा एक्लै पदाधिकारी नियुक्त गर्न खोजेको भन्ने आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाएका छन । सो अारोपलाई चिर्न सभापति शेरबहादुर देउवा पक्ष भने सहमतिमै पदाधिकारी नियुक्त गर्ने कसरत थालेको छ ।

प्रकाशित : १७ बैशाख २०७५, सोमबार ११:३०