काठमाडाै । नेपाल बिद्यार्थी संघका संस्थापक सदस्य तथा कांग्रेस नेता सिताराम निरौलाको निधन भएको छ । लामो मृगौलामा देखिएको समस्या देखिएका कारण अस्पताल उनि उपचारमा थिए ।
आर्थिक अभावका कारण उनलाई हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार गराइएको थियो ।
सोलुको सल्यान स्थायी घर भएका निरौला २०१५ सालको चुनावमा कांग्रेसको पक्षमा प्रचारमा जुटेका थिए।
निरौला २०१७ सालमा राजा महेन्द्रले वीपी कोइरालाको सरकारलाई कु गरेपछि पूर्णरुपमा राजनीतिमा सक्रिय भएका थिए।
२०१८÷१९ सालमा संस्कृतमा शास्त्री उर्तिण गरेका निरौला सल्यानको खानदानी परिवारमा जन्मेपनि उनले सम्पुर्ण सम्पति राजनीतिमैै लागेर सके ।
पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनीधि भएपनि उनी कहिल्यै सत्तामा पुगेनन्।
७६ वर्षिया निरौला २०३१ सालमा वीपी कोइरालाको आह्वानमा सशस्त्र क्रान्तिका बेलामा गिरिजाप्रसाद कोइरालाले फारवेसगञ्जमा स्थापना गरेको शीविरमा बसेर पूर्वी पहाड तथा सिन्धुली रामेछाप सम्ममा कांग्रेसहरुबीच समन्वयको काम गरेका थिए। पूर्वी पहाडका निरौलालाई पूर्वका गान्धीका रुपमा चिन्ने गरिन्छ।
Comment