माछापुच्छे बैंककाे मुनाफा घटयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छे बैंककाे मुनाफा घटयो



काठमाडौं । माछापुच्छे« बैंकको लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ८१ करोड ५० लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा १८ दशमलव ९० प्रतिशतले घटेको हो । बैंकले गत वर्षको सोहि अवधिमा १ अर्ब ५१ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी भएको माछापुच्छे« बैंकले जगेडा कोषमा १ अर्ब ७९ करोड ३१ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ६८ अर्ब ४३ करोड २५ लाख रुपैयाँ संकलन गरी कर्जा तर्फ ६२ अर्ब २१ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १ दशमलव ७७ प्रतिशतले बढेपनि संचालन मुनाफा ९ दशमलव ०१ प्रतिशतले घटेको छ ।

बैंकको जोखिम युक्त सम्पति १५ दशमलव ७२ प्रतिशत, निष्क्रिय कर्जा शून्य दशमलव ३५ प्रतिशत, प्रतिशेयर आम्दानी १३ दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ४४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव २६ रुपैयाँ र तरलता अनुपात २२ दशमल ३७ प्रतिशत रहेको छ ।

प्रकाशित : १४ बैशाख २०७५, शुक्रबार १३:१३