यस्तो छ जनता बैंकको प्रगती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यस्तो छ जनता बैंकको प्रगती



काठमाडाै । काठमाडौं-जनता बैंक नेपाल लिमिटेडले चालु बर्षको चैत महिना सम्ममा ५७ करोड ५७ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनाभन्दा ५० दशमलव ७६ प्रतिशतले बढि हो । बैंकको अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३८ करोड १८ लाख रुपैयाँ कमाएको थियो ।

४ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ७२ दशमलव २० प्रतिशतले वृद्धि गरी हाल ८ अर्ब पुर्याएको छ । जसले जगेडकोषमा ६३ प्रतिशतले वृद्धि गरी १ अर्ब ३७ करोड ७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ५३ दशमलव ९४ प्रतिशतले वृद्धि गरी ५४ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ संकलन गरी कर्जामा ५१ अर्ब १६ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनामा ५३ दशमलव ९४ प्रतिशतले वृद्धि गरेको हो । बैंकले लगानीमा १०७ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा १११ दशमलव २७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ र संचालन मुनाफा ४८ दशमलव २५ प्रतिशतले बढेर ६७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । जसले मुनाफा पनि वृद्धि गरेको छ । बैंकको प्रोभिजनमा ३६ करोड ९१ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २५ करोड ११ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशतले घटेर १ दशमलव ९५ प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात शुन्य दशमलव ०३ प्रतिशतले बढेर १६ दशमलव १३ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ९ दशमलव ५९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ०९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०९ प्रतिशत रहेको छ ।

प्रकाशित : १३ बैशाख २०७५, बिहीबार ११:०६