काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर आउने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको कात्तिक २८ गते बसेको नवौं साधारणसभाले उक्त अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।





Comment