काठमाडाै । नेपाल वार एशोसियसनको ६१ वर्षको इतिहासमा पहिलोपटक नारायणीपश्चिम राष्ट्रिय सम्मेलन हुने भएको छ । शुक्रबारदेखि नेपालगञ्जमा हुन लागेको १४ औं राष्ट्रिय सम्मेलनका लागि देशभरका कानुन व्यवसायी नेपालगञ्ज आइपुगेका छन्।
राष्ट्रिय सम्मेलनमा देशभरका तीन हजार बढी कानुन व्यवसायी सहभागी हुने आयोजकले बताएका छन् ।
चैत ९, १० र ११ गते हुने राष्ट्रिय सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको छ । सम्मेलनमा प्रधानन्यायाधीशलगायत अरु विशिष्ट व्यक्तित्वको उपस्थिति रहने बारले जनाएको छ ।
बारका उपाध्यक्ष शालिकराम सापकोटाका अनुसार, सम्मेलनमा समसामयिक विषयमा दशवटा कार्यपत्र प्रस्तुत हुन्छन् । त्यसलाई दशवटै समूह बनाएर छलफल गरिने छ । न्यायलयमाथिको हस्तक्षेप, राजनीतिक नियुक्तिका विषयमा बारले महिन छलफल गर्ने बताएको छ ।
Comment