बारीदेखि कौशीसम्म जहाँ पनि फल्छ यो फल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बारीदेखि कौशीसम्म जहाँ पनि फल्छ यो फल



बारीदेखि कौशीसम्म,प्लटदेखि गमलासम्म जहाँ लगाएपनि हुने एउटा बहुमूल्य फल जसको खेती वा घरायसी प्रायोजको लागि तपाई लगाउन सक्नुहुन्छ।

 

पेरुको स्थायिन प्रजातिको ‘पेपिनोमेलोन’ फलको खेती अब नेपालमा पनि गर्न सकिने भएको छ। समुन्द्रसतहदेखि १२ सय मिटरमाथिमात्र गर्न सकिने यसको खेती गर्न बिरुवा नेपालमा नै उपलब्ध भइरहेको छ। अर्गानिक वल्र्ड एन्ड फेयर फ्यूचर प्रालीले बिरुवा तथा फल बिक्रीवितरण गर्दै आइरहेको छ।

स्वस्थबर्धक मानिने यो फलको विशेषता भनेकै लगाउनको लागि ठुलो,फराकिलो स्थान नचाहिने र आफूलाई चाहिनेजति घरमै उत्पादन लिन सकिन्छ ।

विषेशता :

एउटा बिरुवाबाट अर्को बिरुवा उतपादन गर्न सकिन्छ ।

वर्षभरी फलिरहने यसको एउटा बोटले एक वर्षमा १५ किलोसम्म उत्पादन दिन्छ ।

यो फल सुगर फ्री भएकोले मधुमेहका बिरामीहरुले पनि खान मिल्छ ।

यसको माग विश्व वजारमा बढ्दो छ ।

काचै तरकारीको रुपमा पनि खान सकिन्छ ।

यस्को पुरानो तथा कामनलागने पातहरु कुखुरालाई दिए फूल धेरै पार्छ ।

यो फलमा भिटामिन ए , बि , सी, protein, iron, copper र पोटाश प्रसस्त पउने हुँदा यसलाई सर्बोत्तम फल पनि भनिन्छ ।

यो फल, चिनी , मृगौला, ऊच्च रक्तचापको समस्या भएका मानिसहरुलाई त बरदान नै साबित भएको छ ।कृषिपत्रिकाबाट

प्रकाशित : १ चैत्र २०७४, बिहीबार १४:५०